काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानियलाई ५ करोड बराबरको ५ लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।
सर्वसाधारणका लागि रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानियमा शेयर जारी गर्न लागेको हो ।
आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्य पनि कम्पनीले ईलाम जिल्लाभरीका वासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर विक्री गर्नेछ ।
यो शेयर छिटोमा भदौ ४ गतेभित्र बिक्रीमा रहनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भदौ २० गतेसम्मको मिति कम्पनीले तय गरेको छ । यो शेयर खरिदका लागि न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिनेछ । नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।