शुक्रवार, आश्विन १६ गते २०८३
सेयर बजार

मनकामनाको आईपीओका लागि १६ लाखको आवेदन

सोमवार , आषाढ २१, २०७८

काठमाडौँ। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन्।

आइतबार बिहानसम्म १६ लाख १२ हजार ९ सय १ जनाको आवेदन परेको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार उक्त आवेदनबाट दुई करोड १२ लाख ७० हजार ३० कित्ता सेयर माग भएको छ। सर्वसाधारणका लागि माग गरेभन्दा ५८ दशमलव ५१ गुणा बढी हो।

संस्थाले सर्वसाधारणमा तीन लाख ३६ हजार ४९२ कित्ता सेयर मात्रै बिक्री गरेको हो। बिहीबारदेखि बिक्री खुला भएको संस्थाको आईपीओ असार २५ गतेसम्म आवेदन दिन सकिने छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार