बिहिवार, आश्विन १५ गते २०८३

हाम्रो सरकार बन्ने भएपछि सांसद वलीलाई एमालेले कब्जामा लियो: माओवादी

शनिवार , श्रावण १६, २०७८

काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य बिमला वली (खत्री) तीन दिन देखि सम्पर्क विहीन भएकी छन्।

नेकपा माओवादी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्तीले खत्री ३ दिन देखि पार्टीको सम्पर्कमा नरहेको शैली न्युजलाई जानकारी दिए। ‘म आफै संसदीय दलको प्रमुख सचेक हुँ। मैले र अन्य साथीहरुले तीन दिन देखि फोन गरिरहेका छौं। उहाँले फोन पनि उठाउनु हुन्न। सम्पर्कमा पनि आउनु हुन्न।’ घर्तीले भने।

उनकाअनुसार खत्री बिहिबार साँझबाट पार्टीको सम्पर्क बाहिर छिन्। घर्तीले पारिवारीक स्रोतलाई उधृत गर्दै सांसद खत्री नेपालगञ्जमा उपचारका लागि गएको सुचना आफुले पाएको जानकारी दिए।

उनले भने 'उपचारमा गएको हो भने हामीलाई जानकारी त हुनु पर्ने हो। हामी पनि सहयोग गथ्र्यौ।' तर उनले खत्री एमालेको कब्जामा परेको आशंका गरेका छन्। 'प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्ने निश्चित भएपछि एमालेका शक्तीशाली नेताहरुले चालेको कदम हुन सक्छ।' घर्तीले आशंका गरे।

उनले आफुहरुको सरकार बन्ने भएपछि एमालेबाट सांसद घटाउने प्रयास भएको बताए। यस बिषयमा आज दलको बैठक बसेर थप छलफल गरिने उनले बताए। 'आज दलको बैठक छ। यिनै बिषयलाई आधार मान्ने कि थप केहि कदम चाल्ने भन्ने बिषयमा छलफल गर्छौ। पहिला त नयाँ प्रदेश प्रमुख आउनु भएको छ। उहाँलाई स्वागत र सम्मान गर्ने कार्यक्रम छ। त्यसपछि हामी निर्णयमा पुग्न सक्छौ।' उनले भने।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार