शुक्रवार, आश्विन ३० गते २०८३

अछाममा टेम्पो दुर्घटना, दुईजनाको मृत्युु

बिहिवार , कार्तिक ३०, २०८०

अछामकाे टोट्केसालमा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्। 

कमलबजार नगरपािलकाबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ५५४५ नम्बरको टेम्पो गएराति दुर्घटना भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्युु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। 

दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद र लक्ष्मण थापा तथा वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन् ।​ कमलबजार स्वास्थ्यचौकीमा उनीहरूको उपचार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार