काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो।
बैठकको तयारीका लागि मंसिर ३ गते फेरि स्थायी कमिटी बैठक बोलाएको सचिव दिनानाथ शर्माले जानकारी दिए ।