काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा मन्त्रिपरिषद्को हेरफेर, स्थानीय तहको चुनाव, प्रधानमन्त्रीको चीन भ्रमण लगायतका विषयमा छलफल भएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई फिर्ता पठाएर नयाँ अनुहारलाई ल्याउने तयारी गरिरहेका छन् ।
तर, देउवा तत्काल आफ्ना पार्टीबाट सरकारमा सहभागि मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउन असहमत देखिएका छन् । देउवा असहमत भएपछि प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद् पूर्नगठन गर्ने प्रयास असफल भएको छ ।