काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत उम्मेदवारविरुद्ध परेको उजुरी बारे निर्णय गर्ने र उम्मेदवारको नामावली सार्बजनिक गर्ने कार्यक्रम रहेको छ ।
निवौचन आयोगले आज अपराहन्न ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र र उजुरी बारे छानबिन गरेर निर्णय गर्ने बताएको छ । यस अघि आयोगले सोमबार मनोनयन गरेका उम्मेदवारको उजुरी आव्हान गरेको थियो । त्यस्तै आयोगले आजै साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गर्ने बताएको छ ।
त्यस्तै आयोगले बुधबार उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको जानकारी दिएको छ ।