मंगलवार, आश्विन २० गते २०८३

सहकारी ठगीमा जोशीलाई काठमाडौँ ल्याइयो, रविको पालो कहिले ?

मंगलवार , मंसिर ४, २०८१

काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई मंगलबार साँझ कास्कीबाट काठमाडौँ ल्याइएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा गत असोज ६ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएकाले बयानका लागि काठमाडौँ ल्याइएको हो ।

आज काठमाडौँ ल्याइएका उनलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा लगिएको छ । जोशीसँग सरकारी वकिलको कार्यालयमा बुधबारबाट बयान लिने तयारी प्रहरीको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतबाट पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेला्रई पनि काठमाडौँ ल्याउने तयारी रहेको छ । जोशीको पनि बयान सकेर पोखरा नै फर्काइनेछ । त्यसपछि लामिछानेलाई काठमाडौँ लैजाने तयारी प्रहरीको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार