मंगलवार, आश्विन २० गते २०८३

शान्ति सम्झौताको १८ वर्ष पूरा, कहिले पाउछन् द्वन्द्वपीडितले न्याय ? 

बुधवार , मंसिर ५, २०८१

काठमाडौँ । नेपालमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ।  १० वर्ष युद्धमा होमिएको माओवादीले हतियार बिसाएर सान्तिपूर्ण राजनीतिमा आएको आज १८ वर्ष पुरा भएको हो । वि.सं २०५२ फागुन १ गतेबाट चलेको माओवादीको युद्धलाई शान्ति यात्रामा ल्याउन २०६३ मङ्सिर ५ गते नेपाल सरकार र नेकपा (माओवादी) बीच १२ बुँदे विस्तृत शान्ति सम्झौता भएको थियो । 

शान्ति सम्झौतापश्चात सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ माघ २७ गते गठन गरेको थियो। आयोगले पीडितहरुको निवेदन लिने र क्षतिपूर्तिको सामान्य काम गरेपनि शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन सकेको छैन। सशस्त्र द्वन्द्वमा पीडित भएका व्यक्तिले भने सरकारमाथि निरन्तर न्यायको प्रश्न गर्दै आएका छन्। 

दश वर्षे सशस्त्र द्वन्द्वको क्रममा तत्कालीन राज्यपक्ष र माओवादीपक्षबाट झण्डै १७ हजार नेपालीको मृत्यु भएको थियो। विस्तृत शान्ति सम्झौताको आधार नै द्वन्द्वपीडितलाई ६ महिनाभित्र न्याय दिने सर्त भएपनि हालसम्म न्याय पाउन सकेका छैनन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार