काठमाडौं । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका एक जना प्रहरी निरीक्षक निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले सहकारी ठगी प्रकरणा मुछिएका इन्स्पेक्टर धर्मेन्द्र अकौलियालाई निलम्बन गरेको हो ।
पुराना घटनामा फरार सूचीमा रहेकाहरुलाई खोजी गर्ने क्रममा प्रहरी वृत्त, स्वयम्भूले आफ्नै प्रहरी निरीक्षक अकौलिया पनि फरार सूचीमा रहेको फेला पारेको थियो । त्यसपछि उनलाई गएको ४ मंसिरमै जिल्ला अदालत, काठमाडौंमा बुझाएको थियो । अदालतले उनलाई १ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।