बिहिवार, आश्विन १५ गते २०८३

गठ्ठाघर चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बा.प्र. ०२-०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४१ वर्षीया नवीना देउला रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा आज बिहान पौने ८ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार