काठमार्डाँ । सिरहामा गाडीले ठक्कर दिँदा ट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका १ कचनारी बोर्डर नजिक ठक्करबाट यादवको मृत्यु भएको हो ।
टक्करबाट गम्भीर घाइते यादवको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भए सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
ड्युटीमै रहेका बेला आज बिहान करिब ३ बजे नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीको ठक्करबाट उनको मृत्यु भएको जनाइएको छ । ठक्कर दिएर गाडी भारततर्फ भागेकाले नम्बर खुल्न सकेको छैन ।