बिहिवार, आश्विन १५ गते २०८३

एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा ४ जना पक्राउ

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग ( एनपीएल) मा सट्टेबाजी खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन् । कीर्तिपुरमा जारी एनपीएलमा अनलाइन सट्टेबाजी चलाएको आरोपमा ४ जना भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ ।

स्पोट्र्स बाजी, प्रोबोलगायतका अनलाइन बेटिङ एपबाट त्रिवि क्रिकेट मैदानबाटै सट्टेबाजीमा संलग्न भएकोमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले जनाएको छ ।

उनीहरूविरुद्ध सट्टेबाजी गर्नु नहुने कसुरमा थप अनुसन्धान भइरहेको छ । प्रहरीले उनीहरूको साथबाट भारतीय आधार कार्ड ४ थान र ६ वटा मोबाइल बरामद गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार