बिहिवार, आश्विन १५ गते २०८३

देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

बिहिवार , श्रावण २१, २०७८

काठमाडौं। मनसुनी वायुको प्रभावको कारण देशका अधिकांश स्थानको मौसम बदली भई केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा  हल्कादेखि मध्यम वर्षा भैरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ।नगरकोटीका अनुसार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ ,बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक /दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार