बिहिवार, आश्विन १५ गते २०८३

झाँक्री प्रकाश भुजेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

आइतवार , मंसिर २३, २०८१

काठमाडौँ । काठमाडौँको ब्रम्हखेलमा दुर्घटना गराएका झाँक्री प्रकाश भुजेललाई अदालतले थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँको आदेश अनुसार उनलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको छ । 

कार्तिक २८ मा काठमाडौँको शंखरापुर नगरपालिका-९ स्थित ब्रम्हखेलमा झाँक्रीले चलाएको जिपले ठक्कर दिँदा कागेश्वरी मनोहरा-२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो । दुर्घटनापछि झाँक्री पक्राउ परेका थिए ।

झाँक्रीले चलाएको बा.१९ च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश-०२-०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । नगरकोटी दम्पतीको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार