बिहिवार, आश्विन १५ गते २०८३

रौतहटमा स्कर्पियो दुर्घटना : ८ यात्रुको मृत्यु

मंगलवार , मंसिर २५, २०८१

काठमाडौँ । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो  चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ ।  

मृतक मध्ये अधिकांशको सनाखत हुन सकेको छैन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार