बिहिवार, आश्विन १५ गते २०८३

दुर्गा प्रसाईंविरुद्ध साइबर मुद्दा दर्ता, ७ वर्ष कैद माग

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता भएको छ । जिल्ला अदालत काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दायर भएको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोले पेश गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा दर्ता गरेको हो । प्रसाईंविरुद्ध दर्ता भएको मुद्दामा ७ वर्ष कैद सजाय माग गरिएको छ ।

प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा सीआईबीबाट अनुसन्धान जारी रहेको छ । प्रसाईंले भाइरल अभियन्ता बन्ने क्रममा शीर्ष नेताहरुविरुद्ध मनपरी बोल्दै हिँडेका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार