बिहिवार, आश्विन १५ गते २०८३

काठमाडौँ उपत्यकामा चिसो बढ्यो, कति छ न्यूनतम तापक्रम ?

बिहिवार , मंसिर २७, २०८१

काठमाडौँ । काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यद्यपि यहाँको मौसम भने सफा रहने छ । 

आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।  आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बिच रहने छ । 

आज ६ः४५ बजे सूर्योदय हुनेछ भने अपराह्न ५ः१० मा सूर्यास्त हुनेछ । जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार