बिहिवार, आश्विन १५ गते २०८३

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

आइतवार , मंसिर ३०, २०८१

काठमाडौँ ।  प्रधानसेनापति अशोकराज सिग्देल भारत भ्रमण सकेर स्वदेश फिर्ता भएका छन्।

भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानसेनापति सिग्देल आइतबार स्वदेश फर्किएका हुन्।

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी उपाधि प्रदान गरेकी थिइन्।

साथै उनले देहरादुनस्थित इण्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजको अवलोकनसमेत गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार