बिहिवार, आश्विन १५ गते २०८३

चीनमा राँगाको मासु निर्यातका लागि नेपाली र चिनियाँ कम्पनीबीच सम्झौता

सोमवार , पौष १, २०८१

काठमाडौँ । नेपालबाट राँगाभैंसीको मासु निर्यातका लागि नेपाली कम्पनी र चिनियाँ कम्पनीबीच सम्झौता भएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा चिनियाँ  र नेपाली अधिकारीबीच मासु निर्यात सम्बन्धी सम्झौता आदान-प्रदान भएको हो । 

नेपालबाट हिमालयन फुड इन्टरनेशनल प्राइभेट लिमिटेड र चीनबाट संघाइ जि याङ फूड कर्पोरेसनबीच सम्झौता भएको जनाइएको छ । 

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल र चीनबीच मासु निर्यात सम्बन्धी प्रोटोकल सम्झौता नेपालको पशुजन्य उत्पादन व्यापार सहजीकरणमा कोशेढुङ्गाको रूपमा रहेको बताए ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार