बिहिवार, आश्विन १५ गते २०८३

मुर्रा राँगाबाट चार हजार डोज वीर्य उत्पादन

मंगलवार , पौष २, २०८१

काठमाडौँ । बाँकेको खजुरा गाउँपालिका वडा नं. २ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका उन्नत जातका भारतीय मुर्रा राँगाबाट यो चालु आर्थिक वर्षको पाँच महिनामा चार हजार बढी डोज जमेको वीर्य उत्पादन गरिएको छ । 

गत वर्ष भारत सरकारले नेपाललाई अनुदानमा दिएका सात वटामध्ये तीन वटा उन्नत जातका मुर्रा राँगा गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा ल्याइएका थिए ।

तीनमध्ये दुई वटा राँगाबाट वीर्य सङ्कलन र उत्पादन सुरु गरिएको हो । गत आर्थिक वर्षमा दुई वटा भारतीय मुर्रा राँगाबाट दुई हजार ६४३ डोज वीर्य उत्पादन गरिएको कार्यालयका निमित्त प्रमुख पशु विकास अधिकृत डा.खिमानन्द खनालले जानकारी दिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार