बिहिवार, आश्विन १५ गते २०८३

न्युजलाईन्स मिडियाले मनायो ९ औं बार्षिकोत्सव, प्रथम उपराष्ट्रपतिको हातबाट दजर्नौ व्यक्ति सम्मानित

शुक्रवार , पौष ५, २०८१

काठमाण्डौं । न्युजलाईन्स मिडियाले ९ औँ बार्षिकोत्सव मनाएको छ । शुक्रबार डाडाँ गाउँ स्थित ग्रिन भ्याली रिसोर्टमा न्युजलाईन्स मिडियाले ९ औ बार्षिकोत्सव एक कार्यक्रम गरि मनाएको हो । 

न्युजलाईन्स मिडियाले आफ्नो बार्षिकोत्सवको अवसरमा संचारकर्मी, पर्यटन व्यवसायी, नृत्यकला निर्देशक, समाजसेवीहरुलाई सम्मान पनि गरेको थियो । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको हातबाट उनीहरुले सम्मान प्रमाणपत्र लिएका हुन् । 

सम्मानित हुनेहरुमा राज्यदैनिकका अध्यक्ष एवं कार्यकारी सम्पादक तथा सचेतना कार्यक्रम नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता एवं निर्देशक सरोज ओझा, कर्पोरेट खबरका अध्यक्ष एवं संस्थापक सम्पादक उज्ज्वल जंग शाह, दैनिकी डटकमका प्रधान सम्पादक माधव तिवारी, रातोपाटीका समाचार सम्पादक राजकुमार सिग्देल, सञ्चारकर्मी डिबी पराजुली, राष्ट्रिय समाचार समितिका कृष्णराज गौतम, एक्येबद्धता मासिककी सम्पादक मिना तिवारी घिमिरे, रेड मिडियाकी संचालक विष्णुमाया पौडेल र हिमालय टाइम्स दैनिकका बजार व्यवस्थापन प्रमुख रविन्द्र बाराही रहेका छन् ।

त्यस्तै पर्यटन व्यवसायीहरू नानुकाजी अर्याल, खुसी गुरुङ, कृष्ण बस्याल, हरेराम कार्की, र नृत्य निर्देशक प्रमिला रिजाल, समाजसेवामा योगदान दिने लाईन्स राजेशदास हिमालय, प्रेम पुरी, र कुमारी बाठा मगर पनि सम्मानित भएका छन् ।  

न्युज लाईन्स मिडियाका अध्यक्ष राजु भट्टको संयोजकत्व र मिडियाकी प्रबन्ध निर्देशक रिता ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथिका पमा कार्यक्रममा उपस्थित भएका थिए । 

झाले बार्षिकोत्सव समारोह कार्यक्रमलाई सम्बोधन गर्दै न्युजलाईन्स मिडियाले संञ्चार क्षेत्रमा आफ्नोतर्फबाट योगदान पुर्याएको भन्दै प्रशंसा गरे । उनले आज जो-जो व्यक्ति सम्मानित भए उनीहरुले गरेको योगदानका आधारमा छनोट भएको पनि विश्वास व्यक्त गरेका छन् । त्यस्तै झाले मिडियाको शक्तिले नै राज्य संयन्त्रलाई सहि दिशामा ल्याउन सक्ने बताए । त्यसका लागि मिडियाले सत्यमा आधारित रहेर कलम चलाउनु पर्ने पनि सुझाव दिएका थिए ।  

‘संचारमाध्यम समाजको दर्पण हो। यसले सत्य र तथ्य उजागर गर्दै देशको समृद्धिमा टेवा पुर्याउन महत्वपूर्ण भूमिका खेल्छ। न्युजलाईन्स मिडियाले ९ वर्षको यात्रामा जुन इमानदारी र प्रतिबद्धता देखाएको छ, त्यसले यसको विश्वसनीयता अझै माथि पुर्याएको छ । मिडियाले नै राज्य संयन्त्रलाई सहि दिशामा ल्यान सक्छ । त्यसकारण सधैँ सत्यमा आधारित रहेर कलम चलाउनुपर्छ ।’, उनले भने । 

कार्यक्रममा न्युजलाईन्स मिडियाका सल्लाहकार रामप्रसाद न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, सोफा उत्पादक संघका केन्द्रीय अध्यक्ष तारालाल धरेल, काठमाडौँ उद्योग वाणिज्य संघकी सचिव सुष्मा महरा,ब​रिष्ठ​ प​त्र​कार निल​कण्ठ​ तिवारी लगायत अतिथिहरूले न्युजलाईन्स मिडियाको योगदानको प्रशंसा गर्दै संस्थालाई आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरेका थिए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार