शुक्रवार, आश्विन १६ गते २०८३

बिहीबार सेयर बजार १६ अङ्कले घट्यो

बिहिवार , श्रावण २१, २०७८

काठमाण्डौं । यो हप्ता लगातार चार दिन बढेको शेयर बजार बिहीबार १६ अंकले घटेको छ । नेप्से परिसूचक १६ अङ्कले घटेर तीन हजार एक सय सात दशमलव ४५ विन्दुमा झरेको छ । आज दुई सय २६ कम्पनीका दुई करोड ८८ लाख ४५ हजार कित्ता शेयर १४ अर्ब ३१ करोड ६२ लाख रुपैयाँमा किनबेच भएका छन् ।

बिहीबार माइक्रोफाइनान्स समूहको शेयर ३९ अङ्कले, जलविद्युत समूहको ७६ अङ्कले, होटल समूहको ४७, अन्य समूहको १७, उत्पादन समूहको ६९, फाइनान्स समूहको २४, जीवन बीमा समूहको ५९ र निर्जीवन बीमा समूहको ५६ अङ्कले घटेको छ ।

आज विकास बैंक समूहको शेयर भने झन्डै एक सय ११ अङ्कले बढेको छ। आज सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले र घलेम्दी, शिवश्री र रिडी हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्र बजार घटे पनि नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार