बिहिवार, आश्विन १५ गते २०८३

गोकर्णेश्वर उत्तरगयामा गया श्राद्ध गर्नेको भीड

सोमवार , पौष १५, २०८१

काठमाडौं । पौष कृष्ण औँसीका दिन गरिने तीर्थ वा गया श्राद्ध गर्न बिहानैदेखि गोकर्णेश्वर उत्तरगयामा भक्तजनको भीड लागेको छ । दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ ।

सौरमासअनुसार माघेसङ्क्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरु हुन्छ । उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ ।

वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार