शुक्रवार, आश्विन १६ गते २०८३
सेयर बजार

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम चार अर्ब 

सोमवार , आषाढ २१, २०७८

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकले घटेको छ । सोमबार बजार ११.७८ अंकले ओरालो लागेर नेप्से परिसूचक २८२२.७४ को विन्दुमा झरेको छ ।

राम्रा मानिएका कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.०४ अंकले घट्दै ५२८.४२ को विन्दुमा झरेको छ ।सोमबार कारोबार रकम पनि साढे ४ अर्ब रुपैयाँमा सीमित बनेको छ । उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.९ प्रतिशतले उकालो लागेको छ ।

व्यापार समूह ३.६१ प्रतिशतले बढेको सोमबार लगानी समूहमा ०.५५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३६ प्रतिशत र अन्य समूहमा ०.४० प्रतिशतले बढेको छ । आज वित्त समूह सर्वाधिक २.५१ प्रतिशतले ओरालो घटेको छ ।

विकास बैंक समूह २.३७ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.३६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५८ प्रतिशत, जलविद्युत समूहमा १.८९ प्रतिशत, जीवन बीमा समूहमा ०.८० प्रतिशत, लघुवित्त समूहमा ०.६६ प्रतिशत र निर्जीवन बीमा समूहमा १.१२ प्रतिशतको गिरावट आएको छ । 

सोमबार नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका १ करोड ६३ हजार ६३६ कित्ता सेयर ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७८.६१ रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार