शुक्रवार, आश्विन १६ गते २०८३

सानिमाको आईपीओ भर्ने आज अन्तिम दिन

आइतवार , श्रावण २४, २०७८

काठमाडौं । साउन २० गतेदेखि विक्रीमा आएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको कम्पनीको आईपीओ छिटो अवधिभित्र मात्र विक्रीमा रहने भएको हो ।  

कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागेको कुल रू। ६० करोड बराबरको ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । सार्वजनिक निष्कासनमा आएको ५४ लाख कित्ता शेयर खरिदको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । 

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार