शुक्रवार, आश्विन १६ गते २०८३

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य बढेसँगै आज चाँदी तोलामा १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार