काठमाडौँ । आज बुधबार देशभर विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्सहित वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
बिहान मौसम महाशाखाले जारी गरेको सूचनाअनुसार दिउँसो देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार राति पनि कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
यस्तै कोसी प्रदेश ,बागमती प्रदेश, र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायु साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ।