बुधवार, आश्विन १४ गते २०८३

प्रतिकुल मौसमले उडान प्रभावित

बिहिवार , बैशाख १८, २०८२

काठमाडौँ । काठमाडौँमा बिहीबार बिहानैदेखि वर्षा भइरहेकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।

बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावका कारण काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । काठमाडौँमा हल्का वर्षा भइरहे पनि आकाश धुम्म छ । प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान समेत प्रभावित बनेका छन् ।

मौसमविद्ले आगामी दुई दिनसम्म देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको बताएका छन् । बागमतीसँगै कोशी र मधेस प्रदेशका जिल्लाहरूमा बिहानैदेखि पानी परिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार