बुधवार, आश्विन १४ गते २०८३

जसपा नेतृ डा. बबी सिंह यादवले पड्काएको पेस्तोल बरामद

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले पड्काएको पेस्तोल प्रहरीले बरामद गरेको छ ।

उक्त पेस्तोल सर्लाही प्रहरीले केहीबेर अघिमात्रै बरामद गरेको हो । प्रहरी स्रोतका अनुसार उक्त पेस्तोल बारुद मात्रै पड्किने किसिमको रहेको खुलेको छ । नेृत सिंहले वैशाख ११ गते पेस्तोल पड्काउँदै नाचेको खुलेपछि सर्लाही प्रहरीले उक्त पेस्तोल बरामद गरेर अनुसन्धान अघि बढाएको छ ।

सप्तरीको बोदे बरसाइन नगरपालिका-५ की सिंहलाई भने सप्तरी प्रहरीले बोलाएर सोधपुछ गरेको छ । उनी अहिले जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेकी छिन् । नेृत सिंहले नाचेको भिडिओ बुधबार सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडिओमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ ।

उक्त पेस्तोलबाट फायर हुने भन्दा पनि ग्यास मात्रै पड्किने किसिमको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ रहेको छ । यादव जसपा नेपालका उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।

नेतृ सिंहले उक्त पेस्तोल मलंगवा नगरपालिका-५ को भाँड्चौर भन्ने ठाउँमा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी-मेहेन्दी कार्यक्रममा पड्काएको खुलेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार