बुधवार, आश्विन १४ गते २०८३

सरकारले दुवै प्रहरीका नयाँ ऐन यसै अधिवेशनबाट पारित गर्ने

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी नयाँ कानुन चाँडै आउने भएको छ । नेपाल प्रहरी सम्बन्धी र सशस्त्र प्रहरी बल सम्बन्धी कानुनलाई संशोधन गर्न बनेका विधेयकलाई संसदको यसै अधिवेसनबाट पारित गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यी दुवै विधेयक संसदमा प्रस्तुत भइसकेका छन् । दुवै प्रहरीका नयाँ ऐनमा थुप्रै संशोधन परे पनि संसदीय समितिमा छलफल सुरु भएको छैन । तर सरकारले भने चाँडै पारित गर्ने दाबी गरेको छ ।

यी ऐन आएमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा ब्यापक परिवर्तन आउनेछ । भावी नेतृत्वदेखि वर्तमान महानिरीक्षकको कार्यकाल समेत लम्बिन सक्छ । तर सरकारले अरु पनि विधेयक यसै अधिवेसनबाट पारित गर्ने दाबी गरेको छ । सरकारको दाबी अनुसार द्रुत गतीमा काम हुनेमा भने शंका छ । राज्यको सुरक्षा प्रणालीलाई सुदृढ गर्ने, सुरक्षा निकायहरुलाई सबल, सक्षम, सुदृढ र व्यवसायिक बनाउने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रणका लागि सीमा सुरक्षा पोष्ट बिस्तार गरिने र अपराध अनुसन्धानमा पनि उच्च प्रविधिको प्रयोग गर्ने दाबी कार्यक्रममा समावेश छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार