काठमाडौँ । देशका धेरै ठाउँको मौसम बदली भएको छ । अहिले काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । आज कोशी, लुम्बीनीप्रदेशसहित देशका पहाडी भागमा पानी पर्ने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै देशका पहाडी ठाउँसहित तराईमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सोमबारदेखि पानी मौसमी प्रणाली केही कमजोर भए पनि मंगलबारसम्म नै मौसमी प्रणाली सक्रिय रहने अनुमान छ । दिउँसो पनि काठमाण्डौसहित आसपासका क्षेत्रमा वर्षाको सम्भावना छ ।