बुधवार, आश्विन १४ गते २०८३

कुवेतबाट आएको जजीरा एयर काठमाडौंमा अवतरण हुन सकेन ,भारतको वनारस ’डाइभर्ट’

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परेका कारण हवाई उडान प्रभावित भएको छ । बिहानैदेखि पानी पर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो ।

कुवेतबाट आएको जजीरा एयरको जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि भारतको वनारस ’डाइभर्ट’ गरिएको छ । हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अहिले काठमाडौंमा पनि वर्षा भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार