बुधवार, आश्विन १४ गते २०८३

बैशाख २५ गते सेफ्स एसोसिएसन अफ नेपालको ३०औं वार्षिकोत्सव हुँदै

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । नेपाली मौलिक खानाको विकास, पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनका लागि क्रियाशील सेफ्स एसोसिएसन अफ नेपाल (Chefs Association of Nepal) ले आफ्नो ३०औं वार्षिकोत्सव भव्य रूपमा आयोजना गर्ने भएको छ । आगामी २०८२ साल बैशाख २५ गते, काठमाडौंको चावहिलस्थित स्मार्ट प्यालेसमा कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

83e015a6-0ef3-4de6-a94f-c434f6947737.jpg

वार्षिकोत्सवको अवसरमा नेपाल तथा विदेशमा कार्यरत अनुभवी र उत्कृष्ट सेफहरूको योगदानको कदर गर्दै विशेष सम्मान कार्यक्रमसमेत आयोजना हुने भएको छ । कार्यक्रममा देश तथा विदेशका विशिष्ट पाहुनाहरूको उपस्थिति रहनेछ भने नेपाली परम्परागत खानाको विविध स्वादसमेत प्रस्तुत गरिनेछ ।

संस्थाले आगामी दिनमा नेपाली खाना र पाककलालाई थप व्यवस्थित, वैज्ञानिक र विश्वस्तरीय बनाउँदै नेपालको सांस्कृतिक कूटनीतिमा समेत टेवा पुर्याउने दीर्घकालीन योजना अघि सारेको छ । यससँगै नेपाली खानाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने र देशको पर्यटन तथा अर्थतन्त्र सुदृढ पार्न योगदान पुर्याउने लक्ष्य समेत राखिएको छ ।

389e1c4d-04ed-49e8-984a-0de0723ebe29.jpg

सेफ्स एसोसिएसन अफ नेपालले सम्पूर्ण नेपाली सेफहरूलाई कार्यक्रममा सहभागी भई आफ्नो पहिचानलाई थप सशक्त बनाउन आव्हान​ स​मेत​ गरेको छ ।

संस्थाका अध्यक्ष रेशम कुमार  लामा तामाङले  जानकारी दिदै भनेका छन्, ‘सेफ्स एसोसिएसन अफ नेपालले गुणस्तरीय पाकशिक्षा प्रदान गर्दै सेफहरूको क्षमता अभिवृद्धिमा निरन्तर योगदान दिइरहेको छ । हामी अग्रजहरूलाई सम्मान गर्दै र नयाँ पुस्तालाई प्रोत्साहित गर्दै नेपाल र नेपाली खानालाई विश्वमञ्चमा चिनाउने प्रयत्नमा क्रियाशील छौं ।’

a3bf8839-66c5-4276-a4bc-195d6735391b.jpg

उनले आगामी दिनमा सेफ्स एसोसिएसन अफ नेपाललाई थप सशक्त बनाउँदै नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर नेपाली खानाको अन्तर्राष्ट्रिय यात्रालाई अझ व्यापक बनाइने विश्वाससमेत व्यक्त गरेका छन् ।

‘हाम्रो पेशा, हाम्रो सान’ भन्ने मूल नाराका साथ सेफ समुदायलाई एकताबद्ध गर्दै नेपाली खानाको शुद्धता, मौलिकता र गौरवलाई विश्वसामु चिनाउने लक्ष्य बोकेको सेफ्स एसोसिएसन अफ नेपाल नेपालको पहिलो तथा सबैभन्दा पुरानो सेफ संस्था हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार