बुधवार, आश्विन १४ गते २०८३

मापसे गरी चलाउँदा कार बिजुलीको पोलमा ठोक्कियो, पोल भाँचिएर सडकमा पुग्यो, ३ जना घाइते

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । ललितपुरको सातदोबाटो हात्तीवन ओरालोमा कार बिजुलीको पोलमा ठोक्किँदा तीनजना घाइते भएका छन्। उनीहरूमध्ये एकको अवस्था गम्भीर छ भने दईजनाको अवस्था सामान्य छ।

ललितपुर प्रहरीका अनुसार गएराति सवा ११ : १० बजे बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको हो। गम्भीर घाइते गोदावरी नगरपालिका ३ का विशाल विकको पाटन अस्पतालको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी नायव निरीक्षक यमबहादुर भुजेलले जानकारी दिए। 

यस्तै म्याग्दी घर भई गोदावरी नगरपालिका ३ बस्ने वर्ष ४० अमरध्वज पौडेल, २९ वर्षीय मोसेर लामिछानेको पनि पाटन अस्पतालमा उपचार भइरहेको भुजेलले बताए। कार चालक रूपक सापकोटाको अवस्था भने सामान्य छ।

ठक्करबाट बिजुलीको पोल भाँचिएर बिच सडकमा पुगेपछि सवारीसाधन आवागमन बन्द गरिएको छ । ११ हजार भोल्टको हाइटेन्सन तार टाँगिएको बिजुलीको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो। प्रहरीका अनुसार चालक सापकोटाले मापसे गरी तीव्र गतिमा सवारी चलाउँदा कार दुर्घटना भएको हो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार