बुधवार, आश्विन १४ गते २०८३

ईपीएस शाखा ग्वार्कोमा धर्ना बसेका युवामाथि प्रहरीले गर्यो लाठीचार्ज (तस्वीरहरू)

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिन बसेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

Lathicharg.jpg

कोरिया जान पाउनु पर्ने माग राखेर धर्ना दिन ग्वार्को पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको धर्नामा सहभागी एक युवकले बताएका छन् । सो क्रममा प्रहरीले पत्रकारहरूमाथि समेत अभद्र व्यवहार गरेका छन् । धर्नामा हस्तक्षेप गर्न पुगेका प्रहरीले पत्रकारहरूलाई फोटो नखिच्न भन्दै नमानेमा नियन्त्रणमा लिने धम्की दिएका छन् ।

Lathicharg (2).jpg

भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएपछि सरकारलाई दबाब दिन तीन दिनदेखि धर्नामा बसेको धर्नमा सहभागी एक युवकले जानकारी दिएका छन् ।

Lathicharg (3).jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार