बुधवार, आश्विन १४ गते २०८३

आज पनि दुवै सदको बैठक : वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

मंगलवार , बैशाख २३, २०८२

काठमाडौँ । सङ्घीय संसद्को दुवै बैठक  बस्दै छन् । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक मध्यान्ह १२:१५ बजे बस्ने छ ।

सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि ती दुवै सदनमा छलफल जारी छ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि केन्द्रित रही सांसदहरूले आ–आफ्नो भनाइ राख्ने कार्यसूची छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले यही १९ वैशाखमा सङ्घीय संसदको दुवै सदनको संयुक्त  बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । 

सोमबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार