काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो चार बजे नर्भिक अस्पतालमा निधन भएको हो ।
पूर्व शिक्षामन्त्री, पूर्व सूचना तथा सञ्चार मन्त्री समेत रहेका नेपाल पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए । पछिल्लो समय नेकपा एकीकृत समाजवादीमा रहे पनि स्वास्थ्यकै कारण सक्रिय भने भएनन् । नेपाल नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए । केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई सोमबार आईसीयूमा राखिएको थियो ।
उनी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए । नेपालले ‘सञ्जय थापा’को नामबाट प्रगतिशील साहित्यमा कलम चलाउने समते गर्थे ।