बुधवार, आश्विन १४ गते २०८३

फरार व्यापारी अमित अग्रवाल पक्राउ

मंगलवार , बैशाख २३, २०८२

काठमाडौँ । अदालतबाट दोषी ठहर भएपछि फरार रहेका व्यापारी अमित अग्रवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई मंगलबार काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको हो । 

जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुई वटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो। 

काठमाडौँ महानगरपालिका ३० बस्ने ४७ वर्षका अग्रवाल अदालतबाट दोषि ठहर भएपछि फरार रहँदै आएका थिए। २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार