बुधवार, आश्विन १४ गते २०८३

रुपैडियामा भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृत भेटिए

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं । भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृत भेटिएका छन् । बाँकेको नेपालगन्ज नजिकै भारतको रुपैडियामा गोर्खा घर भएका चेतबहादुर पन्त मृत फेला परेको बाँके जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

४६ वर्षका पन्तको घर गोर्खाको गण्डकी गाउँपालिका फुजेल भएको खुलेको छ । उनको साथमा रहेको नागरिकताका आधारमा सनाखत भएको हो । मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आएको र आफन्तलाई झिकाइसकिएको प्रहरीले जनाएको छ ।

पन्तको शव भारततर्फकै अस्पतालमा राखिएको छ । बिहार हुँदै रुपैडिया आएका पन्त गाडीबाट नझरेपछि हेर्दा मृत फेला परेको जानकारी आएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार