बुधवार, आश्विन १४ गते २०८३

भारतमा रहेका नेपालीहरूलाई दूतावासले भन्यो- सुरक्षा सम्बन्धी निर्देशन पालना गर्नु

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौँ । नेपाली राजदूतावास नयाँ दिल्लीस्थितले भारतमा रहेका नेपालीहरूलाई भारत सरकारले जारी गरेको सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ ।

भारत पाकिस्तान तनावलाई मध्यनजर दूतावासले शुक्रबार एक सूचना जारी गर्दै भारत सरकारको आधिकारिक निकायबाट जारी भएका निर्देशनहरूको पालना गर्न आग्रह गरेको हो ।

यस्तै कुनै आपत्कालीन अवस्था आएमा नयाँ दिल्लीस्थित राजदूतावास र नेपाली महावाणिज्य दूतावास कोलकत्तामा आवश्यक समन्वय र सहजीकरणको लागि सम्पर्क गर्न समेत सूचनामा आग्रह गरिएको छ ।

495574323_1500263881312822_1985486389266691115_n.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार