बुधवार, आश्विन १४ गते २०८३

कोइला बोकेको ट्रक पल्टिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

आइतवार , बैशाख २८, २०८२

काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुईन खोलामा ट्रक पल्टिँदा बाटो पूर्णरूपमा बन्द भएको छ।

चितवन प्रहरीका अनुसार कोइला बोकेर वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३-००१ ख ९८१७ नम्बरको ट्रक आइतबार बिहान ७ बजे पल्टिएको हो। ट्रक अनियन्त्रित भई पल्टिँदा दुवैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ। 

दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्ने यो स्थानमा बाटो खुलाउन इलाका प्रहरी कार्यालय मुग्लिनबाट टोली खटिएको चितवन प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार