काठमाडौं । राजावादीहरूले जेठ १५ गते गर्ने प्रदर्शन लक्षित सुरक्षा तयारी बनाएर लागु गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले जनाएका छन् ।
आज प्रहरी प्रधान कार्यालमा आयोजित पत्रकार सम्मलेनमा एसएसपी थापाले सम्पूर्ण सुरक्षा तयारी गरिएका कुनै जनधनको क्षति नहुने बताएका हुन् ।
त्यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालले पनि सुरक्षा कडा पारिएकाले कुनै अप्रिय घटना नहुने दाबी गरेका छन् ।
यसअघि गत चैत १५ गते राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । त्यतिबेला एक पत्रकार र एक प्रदर्शनकारी गरी दुई जनाको ज्यान समेत गएको थियो । व्यक्तिका निजी सम्पत्ति तोडफोड, लुटपाट र आगजनी समेत भएको थियो ।
उक्त घटनाबाट झस्केको प्रहरीले अहिले भने सुरक्षा व्यवस्था कडा पारिएको दाबी गरेको छ । जेठ १५ गते राजासंस्था पक्षधरहरूले राजधानीमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।