काठमाडौ । यस वर्ष नेपालमा मनसुन (वर्षायाम सुरु गराउने मौसम प्रणाली) औसत मिति (जुन १३ तारिख) भन्दा केही दिनअगाडि नै प्रवेश गर्ने लक्षण देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिलेसम्मको प्रारम्भिक अध्ययनले यसपटक मनसुन जुन १३ तारिखअघि नै भित्रिने संकेत देखिएको हो।
तथापि भारतको केरलामा यस वर्ष मनसुन औसत मिति मे ३० तारिखभन्दा ६ दिनअघि नै मे २४ तारिख (जेठ १० गते) नै भित्रिसकेकाले नेपालमा पनि औसत मितिभन्दा चाँडै मनसुन प्रवेश गर्ने अनुमान गरिएको उनले बताए।
मौसम महाशाखाले आइतबार सूचना जारी गर्दै यस्तो भनेको छ
बंगालको खाडीको उत्तर पश्चिमका केही क्षेत्र तथा दक्षिण(पश्चिमका अधिकांश क्षेत्रमा साथै भारतको केरला आसपासका क्षेत्र, माल्दिभ्स, श्रीलंकालगायतका भूभागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भूभागतर्फ मनसुन अगाडि बढने क्रममा छ।
नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो। तर ठ्याक्कै यही मितिमा मनसुन भित्रिने गरेको छैन। कि २ ४ दिन ढिलो कि छिटो भित्रिने गरेको छ।