बुधवार, आश्विन १४ गते २०८३

कैलाली भन्सार प्रमुख तिमिल्सिनामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीविरूद्ध प्रहरीमा उजुरी

आइतवार , जेठ १२, २०८२

काठमाडौं । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिनामाथि दुर्व्यवहार र कुटपिट गर्ने नगर प्रहरीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।

भन्सार कार्यालयले आज दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीमा लिखित उजुरी दिँदै प्रमुख तिमिल्सिनामाथि शनिबार राति कुटपिट गर्ने नगर प्रहरीहरूको पहिचान गरेर कानुन बमोजिम कारबाही गर्न माग गरेको छ । कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले सीसीटीभी फुटेजसहित कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै लिखित उजुरी प्राप्त भएको पुष्टि गरेका छन् ।

प्रवक्ता सिंहकाअनुसार उजुरीमा कसैको पनि नाम उल्लेख छैन । फुटेजमा देखिएका व्यक्तिको पहिचान गरेर कारबाही गरिदिन भनिएको छ । शनिबार राति १० बजेतिर धनगढी उपमहानगरपालिकाका नगर प्रहरीका प्रमुख नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहितका नगर प्रहरीले भन्सार अधिकृतमाथि लछारपछार गर्दै कुटपिट गरेको सीसीटीभी फुटेज सार्वजनिक भएको छ ।

तर, नगर प्रहरी निरीक्षक धामीले कुटपिट नगरेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार