बुधवार, आश्विन १४ गते २०८३

बालकोटमा ५० वर्षीया रोशनी शाही कोठाभित्र मृत भेटिइन्

आइतवार , जेठ १२, २०८२

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् ।

बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् । भक्तपुर प्रहरी स्रोतका अनुसार आइतबार दिँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा उनी फेला परेकी हुन् । भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो । शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ । उनको शरिरमा बाहिर कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ । मृतक शाहीका छोराछोरी विदेशमा रहेका छन् । श्रीमान् भने कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार