बुधवार, आश्विन १४ गते २०८३

आज राति पनि वर्षा हुने

आइतवार , जेठ १२, २०८२

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले नेपालमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशका पहाडी भूभागका थोरै र तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ।

यसैगरी सोमबार दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले आइतबार साँझ जानकारी गराएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार