बुधवार, आश्विन १४ गते २०८३

आज यी प्रदेशमा वर्षा हुने

सोमवार , जेठ १३, २०८२

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव साथै बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले नेपालमा मौसम बदली, वर्षा तथा हिमपात हुने क्रम जारी छ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान दिएको जानकारीअनुसार दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

यस क्रममा दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा पनि हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ। 

 

प्रतिक्रिया
सम्बन्धित समाचार