बुधवार, आश्विन १४ गते २०८३

जेठ १९ गतेदेखि देशभर यातायात बन्द गर्ने व्यवसायीको घोषणा

मंगलवार , जेठ १४, २०८२

काठमाडौँ । यातायात व्यवसायीहरूले देशभरको यातायात सेवा पूर्ण रूपले बन्द गर्ने चेतावनी दिएका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै  विभिन्न ८ वटा यातायात व्यवसायी संघसंगठनहरूले यही जेठ १९ गतेदेखि यातायात सेवा बन्द गर्ने चेतावनी दिएका हुन्। 

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आयोजनामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल र नेपाल यातायात मजदुर संगठनले देशव्यापी रूपमा अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा गरे। 

सरकारले वार्तामा बोलाएको र वार्ताबाट समाधान नआएमा आन्दोलनमै जाने सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका संयोजक विजयकुमार स्वाँरले बताए। यातायात क्षेत्रमा देखिएका समस्या समाधान नभएको ठहर गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरिएको उनको भनाइ छ। संघर्ष समितिले ७ बुँदे माग अघि सार्दै आन्दोलनको घोषणा गरिसकेको छ। समितिका अनुसार जेठ १७ गते बागमती प्रदेश भेला गर्ने र १८ गते राति देखि टिकट बन्द गरेर १९ गते पूर्ण रूपमा यातायात सेवा बन्द गरिनेछ। 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार