बुधवार, आश्विन १४ गते २०८३

आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

बुधवार , जेठ १५, २०८२

काठमाडौँ ।  देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि केही प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो लुम्बिनी प्रदेश र देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। उच्चपहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशसहित पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। उच्चपहाडी र हिमाली क्षेत्रका एक\दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार